जेएनयू विवादले बलिउड अभिनेत्री दीपिका पादुकोणलाई आर्थिक घाटा पुर्याउने देखिएको छ।
जेएनयूमा उनको उपस्थिति र पछिल्लो रिलिज 'छपाक'को वक्सअफिसमा कमजोर प्रदर्शनले दीपिकालाई असर गरिरहेको छ।
पछिल्लो खबर अनुसार दीपिकालाई अनुबन्धन गरेका ब्रान्डहरूले दीपिकाका कारण उत्पन्न विवादले आफूलाई असर नगरोस् भनेर विचार गरिरहेको बताइन्छ।
करिब ५ वर्ष अगाडि अभिनेता आमिर खानले असहिष्णुतामाथि बयान दिदां ब्रान्डहरूले उनीसँगको अनुबन्धन तोडेका थिए। दीपिकासँग पनि त्यस्तै हुने देखिएको छ।
कम्पनीहरूको गैरविवादित कलाकार लिने नीतिका कारण दीपिकाको अवस्था पनि आमिरको जस्तै हुन लागेको हो। कम्पनीहरू कलाकारका प्रशसंकका साथमा उनीहरूको सामानको बिक्री पनि बढोस् भनेर कुने विवादमा फस्न चाहदैनन्।
यस्तो दीपिकाको जेएनयूमा गएर कुनै खास विचारधाराको साथ दिएकाले उनलाई असर गरेको हो।
सो विवादका कारण दीपिकाको सिनेमा प्रतिबन्ध लगाउनुपर्ने माग पनि भारतमा उठेको छ।
हाल दीपिका २० ब्रान्डसँग जोडिएकी छिन्।
यी ब्रान्डहरूबाट उनले सय करोड भारू भन्दा बढी कमाइ गर्दै आएकी छन्। करिब आधा दर्जन ब्रान्डले आफ्नो सम्झौतामा परिवर्तन गरिसकेको समेत बताइएको छ।