ए आर मुर्गादोस निर्देशित तथा रजनीकान्त अभिनित ‘दरबार’ले वक्सअफिसमा दुई सय करोड भारुको आँकडा पार गरेको छ।
दुई सय करोड भारूको आँकडा पार गर्ने रजनीकान्तको यो पाँचौ सिनेमा हो। यसअघि ‘रोबर्ट’, ‘कबाली’, ‘२.०’ तथा ‘पेटा’ले यो आँकडा पार गरेका थिए।
सिनेमाले विश्वव्यापी रुपमा रिलिजको ११ दिनमा यो कमाइ गर्न सफल भएको हो। सिनेमाले तमिलनाडुबाट मात्रै ८० करोड भारुको कमाइ गरिसकेको छ।
सिनेमाले तेलेगु भाषाबाट २० करोड भारु कमाइ गरिसकेको छ भने हिन्दीबाट ८ करोड कमाएको छ। यस्तै केरला र कर्नाटकाबाट क्रमशः ८ र १९ करोड कमाएको छ।
त्यसैगरी विदेशबाट सिनेमाले ७० करोड भारु कमाएको बताइन्छ।
सुरुवातमा दर्शक र समीक्षकहरुबाट 'औषत सिनेमा'को प्रतिक्रिया पाएपनि सिनेमाले उत्कृष्ट व्यापार गर्न सफल भएको छ।
यस सिनेमामा रजनीकान्त २५ वर्षपछि प्रहरीको भूमिकामा फर्किएका हुन्।