'मन्नत' भन्ने बित्तिकै बलिउड सिनेमाका पारखी त्यसमा पनि शाहरूख खानका फ्यानहरुले शाहरूख बस्ने घर भनेर सजिलै चिन्छन्।
समुन्द्र छेउको शाहरूखको यो घर आज एउटा महँगो सम्पतिमा पर्छ। यो घरका शाहरूखले मूल्य राम्रै तिरेर किनेका थिए। आफ्नै घर होस् भन्ने प्रार्थना र आफ्नो कडा मेहेनतको नतिजा भएकाले शाहरूखले सो घरको नाम 'मन्नत' जुराएका हुन्। शाहरूखका प्रिय वस्तुमा यो घर पनि पर्छ।
आजको बजारभाउ अनुसार भने शाहरूखको यो घरको मूल्य २०० करोड भारु पर्छ। यस्तोमा स्वाभाविक जिज्ञासा उठ्न सक्छ यो घरको कोठा भाडामा उपलब्ध भए भाडा कति पर्ला?
शाहरूखसमक्ष एक ट्वीटर प्रयोगकर्ताले यही जिज्ञासा राखेपछि शाहरूखले त्यसको जवाफ दिएका छन्।
शाहरूखले त्यसका लागि '३० वर्षको मेहेनत पर्ने' जवाफ फर्काएका छन्।
यसको अर्थ उनी कुनै पनि हालतमा सो घर भाडामा लगाउन चाहदैनन्। यसका लागि कडा मेहेनत गर्नुपर्छ भन्ने पनि हो।
शाहरूखले 'मन्नत' सन् २००१ मा १३.३२ करोड भारूमा किनेका हुन्।