गत वर्ष बलिउड सिनेमाहरुको विदेशबाट आउने कमाइ घटेको छ। सन् २०१८ को तुलनामा सन् २०१९ मा बलिउड सिनेमाले कम पैसा कमाएका हुन्।
सन् २०१८ का सर्वाधिक १० सिनेमाको व्यापारको तुलनामा सन् २०१९ का १० सिनेमाको व्यापार कम भएको तथ्याङ्कले देखाएको छ।
सन् २०१८ मा कुल १० सिनेमाको कमाइ १ सय २४ मिलियन अमेरिकी डलर रहेकोमा सन् २०१९ मा सर्वाधिक व्यापार गरेका १० सिनेमाले ८२ मिलियन अमेरिकी डलरमात्र रह्यो।
सन् २०१९ मा बलिउड सिनेमाले सन् २०१८ को तुलनामा ४२ मिलियन अमेरिकी डलर कम कमाएका छन्।
यसैगरी यस वर्ष विदेशी बजारमा सर्वाधिक व्यापार गर्ने सिनेमाको सूचिमा पहिलो नम्बरमा ऋतिक रोशन तथा टाइगर श्राफ स्टारर 'वार' रहेको छ भने दोश्रो र तेश्रो स्थानमा क्रमशः भारत र गुड न्यूज रहेका छन्।
सर्वाधिक व्यापार गरेको 'वार'ले १ करोड ३७लाख ८० हजार डलर कमाएको छ भने दोश्रो र तेश्रो स्थानमा रहेका 'भारत' र 'गुड न्यूज'ले १ करोड ७ लाख १० हजार डलर कमाइ गर्यो भने 'गुड न्यूज'ले १ करोड ४ लाख अमेरिकी डलर कमाइ गरेको छ।