वक्सअफिसमा अजय देवगनको पछिल्लो रिलिज 'तानाजी-द अनसङ वारियर'को कमाइ अझै नथामिने देखिएको छ।
सिनेमा रिलिजको तेश्रो शुक्रबार यसले गरेको कमाइले यसको रफ्तार अझै नथामिने देखाएको हो।
सिनेमामाथि वरूण धवन तथा श्रद्धा कपुर स्टारर 'स्ट्रिट डान्सरःथ्रीडी'को समेत कुनै असर देखिएको छैन। सिनेमाको यो कमाइको सिलसिला कायम रहे यसले नयाँ मानक बनाउने अनुमान गर्न थालिएको छ।
सिनेमाले कमाइको मामिलामा तेश्रो सातामा यसअघि रणविर कपुर स्टारर 'संजय' तथा ऋतिक रोशन स्टारर 'वार'को कमाइलाई समेत पछाडी पारेको छ। यतिमात्र होइन सिनेमाले सलमान खानको 'टाइगर जिन्दा है'लाई समेत पछाडी पारिदिएको छ।
सिनेमाले रिलिजको तेश्रो सातामा सर्वाधिक कारोबार गर्ने सिनेमाको सूचिमा आफूलाई पाँचौ स्थानमा अटाउन सफल भएको छ।
यो सूचिको पहिलो स्थानमा बाहुबली-२ १०.०५ करोड भारू सहित रहेको छ भने त्यसपछि क्रमशः पिके, संगल, कबीर सिंह रहेका छन्। उनीहरूले तेश्रो शुक्रबार क्रमशः ६.८५, ६.६६ र ५.४० करोड भारू कमाएका थिए।
पाँचौ स्थानमा रहेको तानाजीले तेश्रो शुक्रबार ५.३८ करोड भारु कमाएको छ।
योसँगै सिनेमाले १५ दिनमा दुई सय करोड भारू कमाइ गर्न सफल भएको छ। शुक्रबारसम्म सिनेमाको कुल कमाइ २०२.८३ करोड भारु पुगेको छ।
सिनेमा अजयका अलावा काजोल तथा सैफ अलि खानको मूख्य भूमिका रहेको छ।