बलिउड अभिनेता शाहरूख खानले उनको घरमा धर्मलाई लिएर कुनै चर्चा नहुने बताएका छन्।
एक टेलिभिजन अन्तरवार्तामा उनले यस्तो बताएका हुन्।
'हाम्रो परिवारमा हामीले कहिले पनि हिन्दु-मुसलमानको कुरा गरेका छैनौं। मेरी पत्नी हिन्दु हुन्, म मुसलमान र मेरा जो बच्चा छन् उनीहरु हिन्दुस्तान हुन्', एक भारतीय टेलिभिजनबाट प्रसारित हुने नाचसम्बन्धी कार्यक्रममा पुगेका शाहरूखले भने।
'कयौं पटक उनीहरूले स्कूलमा कुन धर्म हो भनेर लेख्नुपर्छ। जब मेरी छोरी सानै थिई, उसले मलाई आएर हामी कुन धर्मका हौं भनेर सोधिन्। तब मैले त्यसमा हामी भारतीय हौं भनेर लेखिदिए। कुनै धर्म हुँदैन र हुन पनि हुँदैन', त्यसैगरी अर्को एक प्रश्नको उत्तर दिदैं उनले भने।
शाहरूखको यस भनाइले सामाजिक संजालमा तारिफ पाइरहेको छ।
कयौंले शाहरूखको यस बयानलाई गौरव गर्न लायक भनेका छन् भने केहीले नागरिक्ता सम्बन्धी विद्धेयकमा उनी मौन बसेको भन्दै विरोध पनि गरेका छन्।