'बाहुबली', 'मगधीरा' तथा 'मख्खी' फेम निर्देशक एसएस राजामौलीको हाल नयाँ सिनेमा 'आरआरआर'को काममा व्यस्त छन्। सिनेमाको सुटिङ चलिरहेको छ।
सिनेमामा बलिउड अभिनेता अजय देवगन पनि अतिथि भूमिकामा देखिदैं छन्।
सिनेमाका लागि उनले मोटो पारिश्रमिक बुझेको चर्चा चलेको थियो। तर हालै सार्वजनिक भएको नयाँ समाचार अनुसार सो सिनेमाका लाहि अजयले कुनै पनि रकम लिन अस्वीकार गरेको खबर सार्वजनिक भएको छ।
रामचरण तेजा र एनटीआर जुनियरको प्रमुख भूमिका रहेको सिनेमामा अजयले उनीहरुकै बराबर पारिश्रमिक लिने बताइएको थियो।
अजयले यसलाई अस्वीकार गरेको बताइन्छ। त्यसो राजामौली सिनेमाका लागि अजयलाई मागेजत्ति पारिश्रमिक दिन तयार थिए। तर अजयले साथीलाई पैसा नपर्ने भन्दै पारिश्रमिक लिन अस्वीकार गरेका हुन्।
अजय र राजामौली ८ वर्षदेखि एकअर्को साथी रहँदै आएका छन्।