बलिउड निर्माता तथा निर्देशक करण जोहरको पछिल्लो सिनेमा 'तख्त' उनको करियरकै सर्वाधिक महँगो सिनेमा हुने भएको छ।
जोहरले आफ्नो महत्वाकांक्षी सिनेमालाई आफैले निर्देशन गर्दैछन्। सिनेमा यसको बजेट र मल्टी स्टारकास्टका कारण चर्चामा छ।
सिनेमाका लागि करणले करिब २५० करोड भारू रकम छुट्टयाएको बताइन्छ। यो उनको लगानी सुविधाभन्दा बाहिरको रकम हो।
यसअघि उनले 'कभी खुशी कभी गम', कभी अलबिदा ना कहना', 'कंलक' तथा 'अग्नीपथ' जस्ता महँगा बजेटका सिनेमा बनाइसकेका छन् जसमा उनले कंलकबाट ठूलो घाटा बेहोरे।
ठूलो बजेटमा सिनेमा बनाएको अनुभव भएपनि यसपटक भने करणले बजेटको मामिलामा आफ्ना यसअघिका सबै निर्माणलाई पछि पार्ने बताइएको छ।
सिनेमामा काम गरिरहेका अनिल कपुर, विक्की कौशल, भूमि पेचनेकर, रणवीर सिंअ तथा करिना कपुरलाई करणले उनीहरूको बजारमूल्य अनुसारकै पारिश्रमिक दिइएको बताइन्छ।
'तख्त' करणले हाल निर्माण गरिरहेको 'ब्रह्मास्त्र' भन्दा पनि महँगो हुनेछ। यो सिनेमा भने यसै वर्षको डिसेम्बर ४ मा रिलिज हुनेछ। यस्तै तख्त आगामी वर्ष रिलिज हुनेछ।
'तख्त' सिनेमाले अरौगंजेब तथा उनका दाइ दाराबीचको सत्ता प्राप्तिको कथा देखाउनेछ।