बलिउडमा अभिनेता प्राणको नाम एक खतरनाक खलनायकका रूपमा स्थापित छ।
सन् १९२० मा १२ फरवरीमा जन्मिएका उनको पूरा नाम प्राण कृष्ण सिकन्दर हो। उनी भारतीय सिनेमामा आफ्नो खलनायकी चरित्रका लागि दर्शकमाझ चर्चित बने।
खलनायकका रूपमा पर्दामा उनको अभिनय यति जीवन्त थियो की दर्शकहरूले उनलाई माया हैन घृणा गर्थे जुन पर्दामा मात्र होइन पर्दाबाहिर पनि हुने गर्थ्यो। मानिसहरू उनीसँग डराउँथे। उनै अभिनेताका १० तथ्य यस्ता रहेका छन् :
१. प्राणले ३५० बढी सिनेमामा काम गरेका छन्। उनले 'खानदान', 'पिलपिली साहेब' तथा 'हलाकु' जस्ता सिनेमामा मुख्य भूमिकामा काम गरेका छन्। मधुमती, जिस देशमें गंगा बेहती है, उपकार, शहिद, आँसु बन गए फूल, जानी मेरा नाम, भिक्टोरिया नम्बर २०३, बे-इमान, जंजिर, डन तथा दुनियाँ जस्ता सिनेमामा उनले गरेको अभिनयलाई सर्वश्रेष्ठ मानिन्छ।
२. २. प्राणले 'जिद्धि'बाट लोकप्रियता कमाएपछि सिनेमा करियरमा कहिल्यै फर्केर हेर्नुपरेन। उनी आफ्नो अभिनयका लागि चर्चित भए।
३. रामलिलाहरूमा अभिनय गरेर उनले अभिनयको सुरूवात गरेका थिए। दशैंमा शिमलामा हुने एउटा रामलिलामा उनी सीताको भूमिकामा अभिनय गर्थे ।
४. सिनेमामा आउनुअघि उनी फोटोग्राफीको पेसामा थिए। यहि काम गर्दागर्दै एक दिन उनको एक सिनेमा निर्मातासँग भएको भेटले उनको बाटो फेरियो। ती निर्माताले उनलाई 'यमला जट' नामक सिनेमामा काम दिए।
५. भारत विभाजन अघि उनी हालको पाकिस्तानस्थित लाहौरमा अभिनय गर्थे। पछि उनी मुम्बई आए। उनले हिन्दी सिनेमामा पहिलो पटक 'जिद्धी'मा काम पाए। सिनेमामा देवानन्द हिरो थिए। उनले सो सिनेमा चर्चित उर्दु लेखक सआदत्त हसन मंटो तथा अभिनेता श्यामको सहयोगमा पाएका थिए।
६. प्राणले आफ्नो करियरको समयमा थुप्रै पुरस्कार र सम्मान पाए। उनले सन् १९६७, १९६९ तथा १९७२ मा फिल्मफेयरमा सर्वश्रेष्ठ सहायक अभिनेताको अवार्ड जितेका थिए। सन् १९९७ मा उनलाई फिल्म फेयरले लाइफटाइम अचिभमेन्ट अवार्डले पनि सम्मान गरेको थियो।
७. उनलाई सन् २००० मा बलिउडको चर्चित सिनेमा पत्रिका 'सिनेडस्ट'ले 'मिलेनियम के खलनायक' भनेर सम्मान गरेको थियो। सन् २००१ मा भारत सरकारबाट उनले पद्मभूषण पनि पाएका छन्। यस्तै सन् २०१३ मा उनी बारतिय सिनेकर्मीका लागि अत्याधिक प्रतिष्ठित मानिने 'दादा साहेब फाल्के सम्मान' दिइएको थियो।
८. यस्तै उनी सन् २०१० मा सिएनएनको सर्वकालिन २५ एशियाई अभिनेताको सूचिमा परेका थिए।
९. प्राणले 'राम और श्याम' सिनेमामा निर्वाह गरेको खलनायकको भूमिकाले उनलाई हुनसम्म प्रसिद्धि दिलायो। पर्दामा उनको खलनायककको यस्तो अभिनय गरे सो सिनेमापछि दर्शकहरूको घृणाको पात्र बने भने 'उपकार'मा उनले निर्वाह गरेको 'मंगल चाचा'को भूमिकाबाट उनले दर्शकको माया बटुल्न सफल भए।
१०.उनको निधन १२ जुलाई २०१३ मा भयो। संयोग मान्नुपर्छ उनी जुन दिन जन्मिएका थिए सोही दिन निधन भयो।