सारा अलि खान तथा कार्तिक आर्यन स्टारर 'लव आज कल'को व्यापार रिलिजको दोश्रो दिनमा अनपेक्षितरुपमा घटेको छ।
इम्तियाज अलि निर्देशित सिनेमाको व्यापार रिलिजको दोश्रो दिन शनिबार शुक्रबारको दाँजोमा ४० प्रतिशतले घटेको हो।
रिलिजको पहिलो दिन १२.४ करोड भारू कमाएको सिनेमाले दोश्रो दिन केवल ७ करोड भारूमात्र कमाउन सकेको भारतीय संचारमाध्यमहरूले जनाएका छन्।
यस अघि इम्तियाज अलि निर्देशित 'जब ह्यारी मेट सेजल' पनि समीक्षकीय तथा व्यापारिकरुपमा फ्लप भएको थियो।
यसैगरी 'लव आज कल'ले पनि समीक्षकहरूबाट आलोचना पनि खेपेको छ। समीक्षकहरूले सोही नामको इम्तियाज अलि निर्देशित सन् २००९ को सिनेमासँग बराबरी गर्न नसकेको आरोप लगाएका छन्।
सुरुमै १२.४ करोड कमाएपछि सिनेमाले राम्रो व्यापार गर्ने आशा गरिएको थियो।
बलिउड व्यापार विश्लेषकहरूले सिनेमा अब आफ्नो खस्केको व्यापरबाट माथि उक्लन नसक्ने दाबी गरेका छन्।