शनिबार सम्पन्न भएको ६५ औं फिल्मफेयर अवार्डमा 'गली व्वाई'ले १४ वर्षको कीर्तिमान तोडेको छ।
सिनेमाले यस संस्करणमा कुल १३ विधाको अवार्ड जित्दै १४ वर्ष पुरानो कीर्तिमान तोडेको हो।
सिनेमाले अवार्डमा यस वर्ष सर्वाधिक अवार्ड जित्ने सिनेमासँगै फिल्म फेयरको इतिहासमा एकै वर्ष सर्वाधिक अवार्ड जित्ने सिनेमाकोसमेत कीर्तिमान बनाएको छ।
सन् २००५ मा रानी मुख्रजी तथा अमिताभ बच्चन अभिनित 'ब्ल्याक' सिनेमाले ११ विधाको अवार्ड जित्दै बनाएको कीर्तिमान तोडेको हो।
सो समयमा 'ब्ल्याक'ले १९९५ मा रिलिज भएको 'दिलवाले दुल्हनिया ले जाएंगे' र सन् २००२ मा 'देवदास'ले जितेको १० अवार्डको कीर्तिमानलाई तोडेको थियो।
६५ औं फिल्म फेयरमा 'गल्ली व्वाई'ले उत्कृष्ट सिनेमासहित उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा गरी १३ विधामा अवार्ड हात परेको छ।
हेर्नुस्, विजेताहरुको सूचिः
उत्कृष्ट फिल्म (क्रिटिक च्वाइस) : आर्टिकल १५
उत्कृष्ट अभिनेता क्रिटिक च्वाइस : आयुष्मान खुराना, आर्टिकल १५
उत्कृष्ट अभिनेत्री क्रिटिक च्वाइस: भूमि पेडनेकर र तापसी पन्नू (सांड की आंख)
उत्कृष्ट लिरिक्स: अपना टाइम आएगा (डिवाइन र अंकुर तिवारी)
उत्कृष्ट प्लेब्याक सिंगर (मेल): कलंक नहीं (अरिजीत सिंह, ‘कलंक’)
उत्कृष्ट प्लेब्याक सिंगर (फीमेल): घूंघरू टूट गए (शिल्पा राव, ‘वार’)
उत्कृष्ट ओरिजनल स्टोरी : अनुभव सिन्हा र गौरव सोलंकी (आर्टिकल १५)
लाइफ टाइम अचीवमेंट्स अवार्ड : रमेश सिप्पी
उत्कृष्ट प्रोडक्सन डिजाइन : सुजेंन कप्लान (गली व्वाई)
उत्कृष्ट छायांकन : जय ओजा (गली व्वाई)
अवार्ड अफ एक्सिलेंस इन सिनेमा : गोविंदा
आरडी वर्मन अवार्ड फर अपकमिंग म्यूजिक ट्यालेन्ट : साश्वत सचदेव (उरी: द सर्जिकल स्ट्राइक)
उत्कृष्ट म्यूजिक एल्बम: ‘गली व्वाई’ र ‘कबीर सिंह’
उत्कृष्ट गीत रचना : डिभाइन र अङ्कुर तिवारी – अपना टाइम आएगा (गली व्वाई)
उत्कृष्ट डेब्यू अभिनेत्री : अनन्या पांडे (स्टूडेंट अफ द ईयर २)
उत्कृष्ट डेब्यू अभिनेता : अभिमन्यू दसानी (मर्द को दर्द नहीं होता)
उत्कृष्ट डेब्यू निर्देशक : आदित्य धर (उरीः द सर्जिकल स्ट्राइक)
उत्कृष्ट अभिनेता सपोर्टिंग रोल : सिद्धान्त चतुर्वेदी (गली व्वाई)
उत्कृष्ट अभिनेत्री सपोर्टिंग रोल : अमृता सुभाष (गली व्वाई)
उत्कृष्ट पटकथा : रीमा कागती र जोया अख्तर (गली व्वाई)
उत्कृष्ट सम्बाद : विजय मौर्या (गली व्वाई)
उत्कृष्ट फिल्म पपुलर : गली व्वाई
उत्कृष्ट निर्देशक : जोया अख्तर (गली व्वाई)
उत्कृष्ट अभिनेत्री लिडिंग रोल :आलिया भट्ट (गली व्वाई)
उत्कृष्ट अभिनेता लिडिंग रोल : रणवीर सिंह (गली व्वाई)