रिलिज भएर पनि फ्लप भएको एक वर्ष भइसक्दा पनि 'कलंक' सिनेमाका निर्माता करण जोहर यसबाट टाढा हुन सकेका छैनन्।
हाल उनी अर्को मेगा बजेट सिनेमा 'तख्त'को निर्माणमा जुटिरहेको भएपनि 'कलंक'को असफलता उनले भूलेका छैनन्।
उनले सिनेमाको असफलतालाई सम्झदैं सो सिनेमामा गरेको गल्ती 'तख्त'मा नगर्ने घोषणा बताएका छन्।
यो सँगै उनले सिनेमाको सम्पूर्ण असफलताको जस आफूले लिने बताएका छन्।
'टिमको वरिष्ठ सदस्य भएका हेतुले त्यसले प्राप्त गरेको असफलताको पूरै जस म लिन्छु, यसमा अरू होइन म आफै दोषी छु', करणले भने।
अभिषेक बर्मनको निर्देशनमा तयार भएको 'कंलक'मा संजय दत्त, माधुरी दिक्षित, वरूण धवन, आलिया भट्ट तथा खुणाल खेमुको प्रमुख भूमिका थियो।
यो सिनेमा करणका बाबुले सुरू गर्न नसकेको 'ड्रिम प्रोजेक्ट' थियो।
करणले आफ्ना बाबुका कारण पनि सिनेमालाई लिएर आफू जयादा भावुक हुनेले सिनेमालाई बनाउँदा सही दिशामा लान नसकेको बताए।
उनले 'कलंक' बनाएर आफूलाई कुनै पछुतो नभएको पनि बताएका छन्।