११ औं संस्करणको 'इण्डियन आइडल'को उपाधि सन्नी हिन्दुस्तानीले जितेका छन्।
सन्नीले उपाधिसँगै २५ लाख भारू पुरस्कारसमेत हात पारेका छन्। यसैगरी प्रतियोगितामा रोहित राउत र ओंकना मुखर्जी क्रमशः फस्ट र सेकेन्ड रनरअप भए। उनीहरूले जनही पाँच-पाँच लाख भारू पाए।
यसैगरी अद्रिज घोष र रिधम कल्याण प्रतियोगिताको तेश्रो र चौथो स्थानमा रहे।
कार्यक्रममा आफ्नो पछिल्लो सिनेमा 'शुभ मंगल ज्यादा सावधान'को प्रचारका लागि बलिउड अभिनेता आयुष्मान खुर्राना पुगेका थिए।
आफ्नो सिनेमाका अन्य सदस्यका साथ त्यहाँ पुगेका खुर्रानाले उपाधि विजेतालाई आफूले अभिनय गर्ने टिसिरिजको नयाँ सिनेमामा गीत गाउन दिने घोषणा गरे।