सन् २०१८ को आयुष्मान खुर्राना अभिनित हिट सिनेमा 'बधाई हो'को सिक्वल बन्ने भएको छ।
रिलिजपछि फरक सामाजिक विषयवस्तुमा बनेको सिनेमालाई दर्शक र समीक्षक दुबैले राम्रो प्रतिक्रिया दिएका थिए।
२३ करोड भारूमा बनेको सिनेमाले करिब २२२ करोड भारू कमाइ गरेको थियो।
नयाँ जानकारी अनुसार सिनेमाको सिक्वलमा आयुष्मान खुर्राना भने हुने छैनन्।
सिनेमामा उनको सट्टामा राजकुमार रावले अभिनय गर्ने बताइएको छ।
यसैगरी मुख्य अभिनेतासँगै निर्देशक पनि यो सिक्वलमा नयाँ हुनेछन्। 'बधाईं गहो'लाई अमित शर्माले निर्देशन गरेका थिए।
सिनेमाको नयाँ निर्देशकको भने टुङ्गो लागिसकेको छैन।