दुई वर्षयता बलिउड अभिनेता रणवीर कपुरको कुनै सिनेमा रिलिज भएको छैन।
सन् २०१८ मा संजय दत्तको बायोपिकमा आधारित 'सन्जु' उनको रिलिज भएको अन्तिम सिनेमा हो।
त्यसपछि उनी 'बिग बजेट' 'ब्रम्हास्त्र' सिनेमामा व्यस्त भए। उनको यो सिनेमा यसै वर्ष रिलिज हुने बताइएको भएपनि कोरोना भाइरसको विश्वव्यापी कहरका कारण सिनेमा रिलिजको तालिका बिथोलिएपछि अब यो सिनेमा आगामी वर्ष मात्र रिलिज हुनेछ।
यस सिनेमालाई उनका निकट मित्र अयान मुखर्जीले निर्देशन गरेका हुन्।
उनी यश राज फिल्म्सको 'शमशेरा'मा अनुबन्धित भइसकेका छन्।
अब उनी एक तेलेगु सिनेमाको रिमेकका देखिने खबर सार्वजनिक भएको छ। उनी तेलेगु सिनेमा 'भिष्मा'को बलिउड रिमेकमा देखिने बताइएको छ।
यसै वर्ष रिलिज भएको सिनेमामा रश्मिका मन्दाना र नितिनले मुख्य भूमिका निभाएका छन्।
सिनेमा वक्सअफिसमा सुपरहिट सावित भएको छ। सिनेमाको रिमेकमा करण जोहरले चासो देखाएका छन् र यतिबेला उनी त्यसको हिन्दी अधिकार किन्नमा लागेको बताइन्छ।
करणले यो सिनेमाको हिन्दी रिमेक रणवीरले गरुन भन्ने चाहना राखेको बताइन्छ। उनले यसबारेमा कुराकानी गरिसकेको बताइन्छ।