चिरञ्जिवीका छोराका रुपमा सिनेमामा प्रवेश गरेका अभिनेता राम चरण बितेको १६ वर्षमा तेलेगु सिनेमाका मुख्य स्टारमध्येका एक बनिसकेका छन्।
आज उनी आफ्नो ३५ औं जन्मदिन मनाउँदैछन्।
उनका सिनेमा व्यवसायिक रुपमा जति सफल छन् अभिनेताका रुपमा उनी त्यति नै प्रशंसित छन्। 'मगधिरा'देखि 'रंगस्थलम'सम्म आइपुग्दा उनले त्यसको प्रमाण दिइसकेका छन्।
उनका सिनेमाले उनी विविधतामूलक भूमिकामा सफल अभिनेता रहेको देखाउँछ। उनलाई भर्सटायल अभिनेता प्रमाणित गर्ने पाँच सिनेमा यस्ता छन्:
१. मगधिराः
एसएस राजामौलीको निर्देशनमा बनेको 'मगधिरा' रामचरणको करियरको दोश्रो सिनेमा हो। दोश्रो सिनेमाका रुपमा 'मगधिरा' जस्तो सिनेमा छान्नु आफैमा एउटा दुस्साहस हो तर उनले आफुलाई सहासी प्रमाणित गरिदिए। सिनेमा सफलताको जस मुलतः राजामौलीलाई गएपनि 'काल भैरव' पात्रका रुपमा उनले आफ्नो बेग्लै छाप छोडेका छन्। यो सिनेमाले राम चरण अभिनेताका रुपमा आम जीवनभन्दा भव्य पात्र पनि उतिकै सहज ढंगले अभिनय गर्न सक्छन् भनेर प्रमाणित गरेको छ।
२. नायकः
यो सिनेमामा उनी दोहोरो भूमिकामा देखिएका छन्। यो एउटा सुत्रात्मक सिनेमा भएपनि राम चरणको तारिफयोग्य काम तथा गतिवान स्क्रिनप्ले र कमेडीले सिनेमा दर्शकबाट स्वीकृत भयो।
३. यभडुः
जोन उको 'फेस अफ' सिनेमाबाट आंशिक प्रभावित यस सिनेमाको भारतीय शैलीले सिनेमालाई दर्शकले मनपराए। सिनेमामा रामचरणको शरिरलाई मात्र देखाइएको छैन, उनको भूमिकामा सामाजिक चेतनाको पनि मिश्रण गरिएको छ।
४. ध्रुवः
तमिल सिनेमा 'थानी ओरुभन'को तेलेगु रिमेक सिनेमामा राम चरणले एक इमानदार प्रहरी अधिकारीको भूमिका निभाएका छन्। यस सिनेमामा आम दर्शकलाई लोभ्याउने सबै तत्वहरू त थिए नै योसँगै यसले रानचरणलाई एउटा सभ्य भुमिका निभाउने मौका पनि दिएको थियो जसमा उनी सफल बने।
सिनेमाले उनलाई एउटा आम नायकरुपमा पेस नगरी एउटा शक्तिशाली खलनायकको विरुद्ध सिनेमामा खडा गराइएको छ।
५. रंगस्थलमः
यो सिनेमामा उनी एउटा स्टारका रूपमा नभई एउटा निर्देशकको आज्ञाकारी कलाकारका रुपमा देखिएका छन्। सिनेमामा उनले सटिक र मुटु छुने काम गरेका छन्। यस सिनेमामा गरेको कामले राम चरण स्टारमात्र होइनन् एउटा विविधता बोकेका कलाकार हुन भनेर पुनः सम्झाउने काम गरेको छ।