रोहित शेट्टीका 'गोलमाल', 'सिंघम', 'जमिन', 'बोल बच्चन', 'सनडे' लगायतका सिनेमामा अजय देवगनले काम गरेका छन्।
उनको सिनेमामा अजय नभए काजोललाई देख्ने गरिन्छ।
यसको अर्थ निर्माता एवं निर्देशक रोहितले यी दुई कलाकारलाई मात्रै लिएर फिल्म बनाउनु पर्छ भन्ने मान्यताले होइन। न त उनको फिल्ममा अजय वा काजोलको उपस्थिति संयोग हो।
यो उनीहरुको एक एउटा सुन्दर सम्बन्धको मौन बन्धन हो।
रोहित शेट्टी र अजय देवगन मित्रतामात्र होइन बलियो भाइचारा पनि छ।
रोहितको पालनपोषणमा अजय देवगनका बुवा वीरूको ठूलो हात छ।
अजय र रोहित सँगै हुर्केका हुन्।
त्यसैले रोहित शेट्टीले वीरु देवगनलाई आफ्नो बुबा मात्र होइन गुरु पनि मान्थे।
उनले इन्स्टाग्रामको एक पोस्टमा वीरू देवगनलाई श्रद्धांजलि दिदैं वीरु आफ्नो गुरु र बुबा दुवै भएको बताएका थिए।
'दुई छोरालाई वास्तविक नायक बनाउनमा बुबाको भूमिका निकै महत्वपूर्ण छ' सो पोस्टमा उनले लेखेका थिए।
रोहित शेट्टीले आफ्नो स्टन्टको भिडियो इन्स्टाग्राममा पोष्ट गर्दै गुरु एवंम पिता स्वर्गीय वीरु देवगनलाई सम्झेर यो भावनात्मक पोष्ट गरेका थिए।
पोष्टमा १६ वर्षको उमेरबाट स्टन्ट गर्न सुरु गरेको र ४५ वर्षसम्म पनि जारी राखेको पनि बताएका थिए।
'मलाई थाहा छ एक यस्ता व्यक्ति हुनुहुन्छ जो स्वर्गबाट समेत ममा गर्व गर्नुहुन्छ। मेरो गुरु, मेरो बुबा वीरु देवगन', उनले पोस्टमा लेखेका थिए।
अजय देवगन र रोहित शेट्टीको यस किसिमको सम्बन्धबारे अहिलेसम्म न अजयले बताएका थिए न रोहितले नै। यो उनीहरु बिच मायाको बन्धन थियो।
वीरु देवगनले कहिले यी दुई बच्चाहरूको बिच भिन्नता देखाएनन्।
यसै कारण पनि दुई बिच आपसी सम्बन्ध राम्रो भएको अनुमान प्रशंसकहरु लगाउँछन्।
यस्तो अवस्थामा रोहितका फिल्महरूमा अजयको उपस्थिति सम्झौता मात्र नभइ सिनेमाको आवश्यकता बन्न पुगेको देखिन्छ।