भारतका अभिनेता इरफान खान आइसियूमा भर्ना भएका छन्।
मंगलबार खानको पेटमा संक्रमण देखिएपछि मुम्बईस्थित कोकिलाबेन धिरूभाइ अम्बानी अस्पतालको आइसियूमा भर्ना भएका हुन्।
'यो सत्य हो इरफान खान पेटको संक्रमणका कारण अस्पताल भर्ना भएका छन्। हामी यसबारेमा सबैलाई जानकारी दिनेछौं। अहिले उनी डाक्टरहरूको निगरानीमा छन्,'इरफान खानका प्रवक्ताले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
अस्पताल भर्ना भएपछि खानलाई भेन्टिलेटरमा राखिएको भन्दै हल्ला फैलिएको थियो। तर उनका प्रवक्ताले सो कुरा हल्ला मात्रै भएको पुष्टि गरे।
'यो साँच्चै नै निराशाजनक छ कि मान्छेहरूले इरफानको स्वास्थ्यका बारेमा अनेक किसिमका भ्रम पैदा गरेका छन्,'उनले भने।
सन् २०१८ मार्च ५ गते उनलाई दुर्लभ रोग न्यूरोएंडोक्राइन ट्युमर भएको थियो। त्यसको उपचारका लागि लन्डन पुगेका थिए।