बलिउड अभिनेता इरफान खानले बुधबार बिहान मुम्बईस्थित कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा क्यान्सरसँग संघर्ष गर्दागर्दै ज्यान गुमाए।
उनको निधनले अभिनय क्षेत्रले एउटा अभूतपूर्व प्रतिभा गुमाएको छ। उनी दुई वर्षदेखि क्यान्सरसँग संघर्ष गरिरहेका थिए।
२०१८ देखि क्यान्सरको उपचार गरिरहेका खानलाई न्युरोएन्डोक्राइन ट्युमर थियो। मगंलबार उनलाई कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा कोलोन संक्रमणका सघन कक्षामा भर्ना गरिएको थियो।
४ दिनअघि मात्र ५३ वर्षीय खानकी आमा मृत्यु भएको थियो। आमाको निधन हुँदा इरफान मुम्बईमा थिए भने उनकी आमा राजस्थानको जयपुरमा।
इरफानले अन्तिम पटक श्रीमती सुतापा सिकदार, छोरा बाबिल र अयानसँग भेटेका थिए। पिपिङ मूनले निकालेको एक विशेष रिपोर्टमा इरफानले मृत्यु हुनु अघि अन्तिम पटक बोलेका कुरा सार्वजनिक गरेका छ।
पिपिङ मूनका अनुसार इरफानले उनको आमालाई अस्पतालमा देखेका थिए। मृत्युसँग संघर्ष गरिरहेका उनले अचानक आफ्नी श्रीमती सुतापालाई 'आमा कोठामै हुनुहुन्छ', भनेका थिए।
'उनलाई आमा उनको मृत्यु पीडा कम गर्न आएको विश्वास थियो', सो रिपोर्टमा लेखिएको छ, 'हेर! उहाँ मेरो छेउमै बसिरहनुभएको छ। अम्मा मलाई लिन आउनुभएको छ।'
इरफान खानकी ८० वर्षीय आमा सईदा बेगमको शनिबार २० अप्रिल, २०२० मा निधन भएको थियो। उनी उमेरजन्य विभिन्न रोगबाट ग्रसित थिइन्। लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारमा पुग्न पाएका थिएनन्।