आफ्नो अलग अन्दाजका लागि चर्चित बलिउड अभिनेता रणवीर सिंहले अभिनेत्री क्याटरिना कैफसँग पहिलोपटक जोडी बाँध्ने भएका छन्।
उनीहरू दुबै जोया अख्तरको एक ग्याङ्स्टर ड्रामा सिनेमामा जोडी बन्न लागेका हुन्।
रणवीरले जोयासँग यसअघि 'दिल धडकने दो' र 'गल्ली ब्वाई' सिनेमामा काम गरिसकेका छन्। क्याटरिनाको भने जोयासँग यो दोश्रो सहकार्य हो।
जोयासँगको आफ्नो तेश्रो सहकार्यलाई लिएर रणवीर उत्साहित बनेको बताइन्छ।
रणवीरले लकडाउनअघि तय गरेका सिनेमा सकेपछि जोयाको सिनेमाको काम सुरू हुनेछ।
रणवीर पूर्व भारतीय कप्तान कपिल देवको जीवनीमा आधारित सिनेमा '८३'बाट दर्शकमाझ आउँदैछन्।
सिनेमामा उनले आफ्नी पत्नी एवं बलिउड अभिनेत्री दीपिका पादुकोणसँग जोडी बाँधेका छन्।
यसैगरी क्याटरिनाको अक्षयकुमारसँग जोडी बाँधेको 'सूर्यवंशी' रिलिज हुनेछ।