बलिउड अभिनेता अमिताभ बच्चनले करिब ५ सय कामदारलाई घर फर्काउन ३ वटा फ्लाइट बुक गरेका छन्।
बच्चनले बनारस घर भएका कामदारहरूलाई मुम्बईबाट फर्काउन फ्लाइट बुक गरेका हुन्।
यसअघि उनले उत्तर प्रदेशका विभिन्न ठाँउका मजदुरहरूलाई घर फर्कन बससेवा उपलब्ध गराएका थिए।
मुम्बईबाट प्रकाशित हुने मिड-डेका अनुसार अमिताभले ती कामदारलाई घर फर्काउन इण्डिगो एयरलाइन्सको फ्लाइट बुक गरेका छन्।
बुधबार ती कामदार लिएर विमान वनारस जानेछ।
सुरूमा ती कामदारहरूलाई रेलबाट पठाउने योजना बनाइएको भएपनि त्यो सम्भव नभएपछि उनीहरूलाई प्लेन पठाउन लागिएको हो।
यसैगरी अमिताभले पश्चिम बंगाल, बिहार, तमिल नाडु र सहितका केही भारतीय राज्यका कामदारलाई घर फर्काउन थप फ्लाइट बुक गर्ने बताइएको छ।
गत साता अमिताभले १० वटा बसको सहयोगमा उत्तर प्रदेशका कामदारहरूलाई घर पुर्याइदिएका थिए।
यसैगरी अमिताभले यसअघि लकडाउन भएपछि सिनेक्षेत्रमा काम गर्दै आएका एक लाख दैनिक ज्यालीदारी मजदुरका परिवारलाई मासिक रासन उपलब्ध गराउन सहयोग गरेका थिए।