सन् १९८५ मा बलिउडका शो म्यान राज कपुरको भब्य सिनेमा मध्येको एक 'राम तेरी गंगा मैली' रिलिज भयो।
सिनेमामा उनले आफ्ना कान्छा छोरा राजीव कपुरलाई हिरो बनाएका थिए।
सिनेमाका लागि खासमा राजीब उनको रोजाइमा थिएनन्। छोराको अभिनयमा चित्त नबुझेकाले राज कपुर अरू नै अभिनेतालाई सिनेमामा काम गराउन चाहन्थे तर पत्नी कृष्णा कपुरको आग्रहमा राजीवलाई नै खेलाए।
यसैगरी सिनेमामा नयाँ नायिकाका रुपमा मन्दाकिनीलाई छनौट भइन्। मन्दाकिनीको खास नाम यास्मिन जोसेफ हो।
सिनेमाको सुरूदेखि राजीव किनारामा परे
राज कपुरले सिनेमाको कथा मन्दाकिनीको केन्द्रबिन्दुमा राखे र उनको भूमिकालाई एकदमै महत्व दिए। खबरका अनुसार राज कपुर मन्दाकिनीलाई घण्टौं लगाएर सिन सम्झाउँथे र हमेशा उनको साथै हुन्थे।
युवा मनका राजीबलाई पनि मन्दाकिनीसँग नजिक हुने चाहाना थियो तर बाबुका कारण त्यसो गर्न सम्भव भइरहेको थिएन।
स्टुडियो बाहिर सुटिङ हुँदा राजिब मन्दाकिनीको नजिक हुने कोशिस गर्थे। तर मन्दाकिनीले यो कुरा बाबु राज कपुरलाई भनिदिइन्।
त्यसपछि राज कपुरले सबै सुटिङ युनिटको अगाडि छोरालाई गाली गरे र मन्दाकिनीबाट टाढा रहने नसिहत दिए।
सिनेमा रिलिज भयो। मन्दाकिनी र सिनेमा दुबै सुपरहिट भए। यसको कुनै पनि फाइदा राजीबलाई भएन। उनलाई कसैले सिनेमाको प्रस्ताव गरेन। अर्कोतर्फ मन्दाकिनीलाई रातारात सिनेमाको लाइन लाग्न सुरू भयो।
मन्दाकिनीले उठाइन् राज कपुरको हिरोइन हुनुको फाइदा
सिनेमा रिलिजपछि स्टार बनेकी मन्दाकिनीले राज कपुरको हिरोइन हुनुको भरपुर फाइदा उठाइन्। राज स्वयंले आफ्नो सीमा नाघेर मन्दाकिनीको प्रचार गरे।
त्यसपछि बाबु राज र छोरा राजीबबीच राज कपुर स्टुडियोमा जुन झगडा भयो त्यो सबैले देखे।
राजिबलाई बाबुले सिनेमा नखेलाएको ठूलो गुनासो थियो। राजले उनलाई आफ्नो सहायकमै सिमित गरिदिएका थिए। त्यसपछि लामो समयसम्म बाबुछोराबीच बोलचाल बन्द भयो।
राजीबले मन्दाकिनीसँग पनि कै बोलचालको सम्बन्ध राखेनन्। त्यसो त मन्दाकिनीको करियर पनि लामो चलेन। राजीबको फिल्मी करियर पनि त्यस्तै भयो। अभिनेता बन्न नसकेपछि 'प्रेमगन्थ' सिनेमा बनाए जुन नराम्ररी फ्लप भयो।
यसका अलावा पनि उनले केही सिनेमा निर्माण गरेका छन्। ती कुनै पनि सिनेमाले सफलता हात पार्न सकेनन्।
हाल उनी परिवारसहित बेलायत बस्दै आएका छन्।