'बाहुवली' निर्देशक एसएस राजामौलीको पूरा परिवार कोरोनाको चपेटामा परेको छ।
राजामौलीले ट्वीट गर्दै आफ्ना परिवारका सबैजनालाई कोरोनाको संक्रमण भएको जानकारी दिएका हुन्।
राजामौलीले आफ्ना परिवारका सदस्यलाई केही दिनदेखि हलुका ज्वरो आएको र कोरोना परीक्षणको नतिजा 'पोजेटिभ' आएको बताएका छन्।
उनको परिवार हाल चिकित्सकको सल्लाह अनुसार 'होम क्वारेन्टाइन'मा बसेको छ।
उनले कोरोना संक्रमण भएको सार्वजनिक भएसँगै उनलाई कलाकार तथा प्रशंसकहरूले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
राजामौलीले कोरोना भएको जानकारी दिएपछि गरेको अर्को ट्वीटमा उनले आफ्नो परिवार शरीरमा एन्टीवडीको विकासलाई कुरिरहेको र त्यसपछि प्लाज्मा दान दिने बताएका छन्।