जुन १४ मा आफ्नो निवासमा मृत भेटिएयता बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युलाई लिएर लगातार हत्या भएको दाबी गरिएका विभिन्न कोणहरू सार्वजनिक भइरहेका छन्।
पछिल्लोपटक यस प्रकरणमा फेरी एउटा अर्को हत्याको कोण सार्वजनिक भएको छ। पछिल्लो दाबी अनुसार स्टन गनको प्रयोग गरेर सुशान्तलाई प्यालाइज(हलचल गर्न नसक्ने बनाइ) गरिएको र पछि झुण्याएर मारिएको दाबी गरिएको छ।
अभिनेता सिंहको मृत्यु प्रकरणमा लामो समयदेखि उच्चस्तरीय छानविन गर्दै आएका बिजेपीका नेता तथा लोकसभा सासंद सुब्रमन्यम स्वामीले यो नयाँ कोणको समर्थन गरेका छन्।
स्वामीले स्टन गनका बारेमा विस्तृत अध्ययन गरेको दाबी गरेका एक ट्विटर प्रयोगकर्ताको ततःसम्बन्धी ट्विटलाई रिट्विट गरेका छन्।
ती प्रयोगकर्ताले सुशान्तको घाँटीमा देखिएको दाग स्टन गनले बनाउने दागसँग मिल्ने दाबी गरेका छन्।
यो दाबीवाला ट्विट सेयर गर्दै स्वामीले, 'के यो बन्दुक अरेवियन सागरसँग जोडिएको छिमेकी देशबाट तस्करी भएको थियो। राष्ट्रिय जाँच एजेन्सी यो जाँचमा जोडिनुपर्छ' भनेका छन्।
स्टन गन
'स्टेन गन सिद्धान्त' सबैभन्दा पहिला अमेरिकामा आन्तरिक चिकित्साको अभ्यास गर्ने राजु वाधवा नामका चिकित्सकले गरेका थिए।
उनले पहिलोपटक सुशान्तको गर्दनमा सो गनले बनाएको जलन चिन्ह देखाउँदै सुशान्तलाई प्यारालाइज गरिएको हुनसक्ने औंल्याएका थिए।
उनले यसका लागि अमेरिकामा भएको एक सामुन्द्रिक नौसैनिकको हत्या गरिनुपूर्व स्टन गन प्रयोग भएको घटनालाई उदाहरण पेस गरेका थिए।
'यही तरिकाको प्रयोग एकपटक अमेरिकामा गरिएको थियो जसमा सुरूमा आत्महत्याजस्तो लागेपनि पछि फरेन्सिकले हत्यारा पत्ता लगाएको थियो', उनले लेखेका छन्।
सुशान्तका छिमेकी सिद्धार्थ पिठानीले अभिनेतालाई आफूले झुण्डिरहेको अवस्थामा फेला पारेको बयान दिएका थिए। हाल उनीमाथि सुशान्तका परिवार र वकिलले सुशान्तलाई पिठानीले मात्र झुण्डिएको अवस्थामा फेला पार्नु शंकास्पद भएको भन्दै शंका व्यक्त गरेका छन्।
पिठानीले झुण्डिएको सिंहको शवलाई उनकी दिदी मितु सिंह केही मिनेटको दुरीमा मात्र रहेको अवस्थामा झुण्डिएको ठाउँबाट तल झारेका थिए।