भारतको सर्वोच्च अदालतले सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा जाँच गर्ने जिम्मा सिबिआईलाई दिने फैसला गरेको छ।
अदालतले बुधबार उक्त फैसला गरेको टाइम्स अफ ईण्डियाले जनाएको छ।
घटना मुम्बईमा घटेको र सुरूदेखि नै सोको जाँच मुम्बई प्रहरीले गरेको भन्दै सिंहकी प्रेमिका रिया चक्रवर्तीले बिहारमा उनीविरूद्ध सिंहका पिता केके सिंहले दिएको उजुरीको जाँचसमेत मुम्बईमा सार्न माग गर्दै अदालतमा याचिका दायर गरेकी थिइन।
अदालतले पटनामा दायर गरिएको मुद्धालाई मुम्बई सार्ने अनुमति दिएको छ।
घटनाको जाँचलाई लिएर मुम्बई प्रहरी र बिहार प्रहरीबीच खिचातानी चल्दै आएको थियो।
जुलाई २४ मा सुशान्तका बाबुले रियाका कारण छोराको ज्यान गएको भन्दै पटनामा उजुरी दिएका थिए। त्यसपछि बिहार सरकारले केन्द्र सरकारसमक्ष घटनाको जाँच सिबिआईले गर्नुपर्ने सिफारिस गरेको थियो।
यी हुन् सुशान्तका बाबुले सुशान्तकी प्रेमिका रियाविरूद्ध लगाएका गम्भीर ५ आरोप