अक्षय कुमारले आफ्नो नयाँ फिल्म 'बेल बटम' को निर्माण सुरू भएको जानकारी दिएका छन्।
उनले बिहीबार आफ्नो इन्स्टाग्राममा भिडिओ राख्दै यो जानकारी दिएका हुन्।
'लाइट्स, क्यामरा, मास्क लगाएर र एक्सन। नयाँ नियमहरूसँगै बेल बटम फिल्मको सुटिङ सुरू भयो। यो मुश्किल समय हो। तर काम चालु रहनुपर्छ। तपाईंहरूको माया र शुभकामना चाहिन्छ,' उनले पोस्टमा लेखेका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार फिल्म सुटिङका लागि टोली अहिले बेलायत पुगेको छ र उनीहरू अहिले १४ दिनको क्वारेन्टाइनमा बसेका छन्।
फिल्ममा अक्षयबाहेक हुमा कुरेशी, लारा दत्त र वाणी कपुरको पनि अभिनय छ।यो फिल्म सत्य घटनाबाट प्रेरित भएको पनि बताइएको छ।
८० दशकको कथामा आधारित बेल बटममा अक्षय जासूसको भूमिकामा देखिने सम्भावना रहेको हिन्दुस्तान टाइम्सले लेखेको छ।