भारतीय शिव सेनाका नेता सञ्जय राउतले अभिनेत्री कंगना रनावतलाई मुम्बई नफर्कन भनेका छन्। कंगनाले आफूलाई 'फिल्म माफिया' भन्दा मुम्बई प्रहरी बलसँग डर भएको बताएपछि नेता सञ्जयले यसो भनेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
हालै मात्र कंगनाले ट्विटमार्फत् आफूलाई हरियाणा वा केन्द्र सरकारबाटै सुरक्षा चाहिने माग गरेकी थिइन्। उनले मुम्बई प्रहरीमा अभिनेता सुशांत सिंह राजपूतको मृत्युको अनुसन्धान बढ्दै गएको समय यो बलले बलिउडको 'ड्रग माफिया'को पर्दाफास गर्न असक्षम रहन सक्ने बताएकी न्यु-इन्डियन एक्सप्रेसले जनाएको छ।
अभिनेत्रीले ट्विटमा भाजपाका सांसद राम कदमलाई पनि ट्याग गरेकी थिइन्। यसैका कारण शिव सेना र कांग्रेसको ध्यानाकर्षण भएको न्यु-इन्डियन एक्सप्रेसले लेखेको छ।
सञ्जयले कंगनाको उक्त भनाइलाई निन्दा गर्दै उनलाई 'धोकेबाज' भएको र मुम्बईमा बस्न दिए पनि सहर प्रहरी बलको आलोचना गरेको विषय उठाएका छन्।
सञ्जयले लेखेका छन्, 'हामी उनलाई मुम्बई नआउन अनुरोध गर्छौं। यो मुम्बई पुलिसको अपमान हो। गृह मन्त्रालयले यसमाथि कारबाही गर्नुपर्छ।'
यसैबीच भाजपा सांसद राम कदमले आरोपित माफियाको पर्दाफास गर्न चाहे पनि कंगनालाई मुम्बई प्रहरी बलले सुरक्षा प्रदान गर्न इच्छुक नभएको बताएका छन्।
यही विवादमा महाराष्ट्र कांग्रेसका प्रवक्ता सचिन सावन्तले भने कंगनालाई कदमसँग सुरक्षा माग गर्नुअघि उनको 'खतरनाक' पृष्ठभूमि जाँच गर्नुपर्ने भन्दै चेतावनी दिएका छन्।