चर्चित भारतीय टेलिसिरियल 'बालिका वधू'मा हजुरआमाको भूमिकामा अभिनय गरेकी अभिनेत्री सुरेखा सीकरीलाई मस्तिष्कको पक्षघात भएको छ।
पक्षघात भएलगत्तै उनलाई मुम्बईको मुम्बई क्रिटी केयर अस्पतालको आईसियूमा भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
यसअघि दुई वर्ष अगाडि सन् २०१८ मा उनी अभिनित 'बधाई हो' सिनेमा रिलिज भएपछि पनि उनलाई मस्तिष्कको पक्षघात भएको थियो।
त्यसपछि केही समयको उपचारपछि उनी ठीक भएकी थिइन्।
भारतीय मिडियाका अनुसार सीकरीलाई मंगलबार बिहान जुस पिउँदै गर्दा मस्तिष्कघात भएको हो।
उपचारका लागि भर्ना भएकी सुरेखाको आर्थिक अवस्था ठिक नभएको बताइए पनि उनका म्यानेजर यसलाई अस्वीकार गरेका छन्।
उनलाई थुप्रै बलिउडकर्मीले सहयोग गर्ने इच्छा व्यक्त गरेका छन्।