भारतमा हुने वार्षिक अन्तर्राष्ट्रिय चलचित्र मेला यस वर्ष नहुने भएको छ।
यस वर्ष हुने मेला अर्को वर्ष मात्रै आयोजना गर्नेगरी सारिएको छ।
यस वर्ष यही आगामी नोभेम्बर २० देखि भारतको गोवामा ५१ औँ संस्करणको मेला आयोजना गर्ने तय भएको थियो।
भारतमा कोरोना भाइरसको महामारी फैलिने क्रम नरोकिएकाले यस वर्ष मेला आयोजना गर्न सकिने संभावना कम देखेर सारिएको अधिकारीहरूले जनाएका छन्।
आयोजकहरूको आधिकारीक ट्वीटर हेन्डलमार्फत् कार्यक्रम सारिएको बारेमा जानकारी गराइएको हो।
उनीहरूले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, 'यस वर्ष आयोजना गर्ने तय भएको ५१औँ संस्करणको अन्तर्राष्ट्रिय चलचित्र मेला यस वर्ष गर्न नसकिने भएको छ। यो मेला अहिलेलाई स्थगित गरेर अर्को वर्ष सन् २०२१ को जनवरी १६ देखि २४ सम्म गर्ने तय भएको छ।'
विगत पाँच दशकदेखि हुँदै आएको भारतको बहुप्रतिष्ठित वार्षिक अन्तर्राष्ट्रिय चलचित्र मेला यस वर्ष नोभेम्बर २० देखि २८ सम्म आयोजना गर्ने तय भएको थियो।