आफ्नै अपार्टमेन्टमा मृत भेटिएका बलिउड अभिनेता सुशान्त सिंह राजपुतको हत्या नभई आत्महत्या भएको अस्पतालले जनाएको छ।
हिन्दुस्तान टाइम्सका अनुसार सुशान्त सिंह राजपुतको पोस्टमार्टम रिपोर्टको पुनर्मूल्यांकन गर्दै एम्स प्यानलको नेतृत्व गरेका डा.सुधिर गुप्ताले सुशान्तले आत्महत्या गरेको बताएका हुन्।
‘सुशान्तको मृत्यु आत्महत्या हो’, भन्दै एम्सका डाक्टरले सेप्टेम्बर २९ मा सिबिआइलाई घटनाको प्रतिवेदन बुझाएका थिए।
यो घटनाबारे पहिला मुम्बई प्रहरीले छानबिन गरेको थियो। पछि सिबिआईले सम्हालेको हो।
सुशान्तको परिवार लगायतले केन्द्रीय जाँच ब्युरोसँग घटनाबारे पुन: जाँच गर्न माग गरेका थिए।
गत जुन १४ तारिखमा सुशान्त आफ्नै फ्ल्याटमा मृत फेला परेका थिए। उनको परिवारले रिया चक्रवर्तीले सुशान्तलाई आत्महत्या गर्न बाध्य पारेको आरोप लगाएको थियो।