बलिउड अभिनेता संजय दत्तलाई तेश्रो चरणको क्यान्सर छ।
क्यान्सर भएको सार्वजनिक भएलगत्तै उपचारका लागि अमेरिका जाने बताइएको भएपनि हाल उनको मुम्बईमा नै उपचार चलिरहेको छ।
उनलाई फोक्सोको क्यान्सर छ।
अगस्ट ११ मा उनले उपचारका लागि केही समय सिनेमाको छायांकनबाट छुट्टी लिने बताएका थिए।
यस्तैमा संजयको नयाँ तस्बीर सार्वजनिक भएको छ र सो तस्बीरले सामाजिक संजालमा उनको स्वास्थ्यलाई लिएर प्रशसंकहरूले चिन्ता प्रकट गरेका छन्।
सार्वजनिक तस्बीरमा संजयलाई दुब्लाएको देख्न सकिन्छ।
'बाबा एकदमै कमजोर देखिएका छन्', उनको स्वास्थ्यप्रति चिन्ता प्रकट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्।
अर्का प्रयोगकर्ताले अभिनेता संजयलाई चाँडै निको होस् भनेर कामना गरेका छन्।
उपचार गराइरहेका संजयको यो तस्बीर अस्पतालकी एक कर्मचारीले खिचेकी हुन्।
तस्बीरमा उनलाई दुब्लो पातलो देखिएको छ। उनको घटेको वजनले पनि उनका प्रशसंकहरूको चिन्ता बढाएको हो।
तस्बीरमा संजयले निको रंगको टिसर्ट र गाढा निलो रंगको जिन्स लगाएका छन् भने हातले मास्क समातिरहेको देख्न सकिन्छ।
हाल उपचार चलिरहेको भएपनि सो बारेको पछिल्लो विवरण संजय वा संजयको परिवारले सार्वजनिक गरेको छैन।