साथीले आफूमाथि बेवास्ता गरेको आरोप लगाएपछि बलिउड अभिनेता अमिताभ बच्चनले त्यसको जवाफ ठट्यौली पारामा फर्काएका छन्।
हाल अमिताभ 'कौन बनेगा करोडपति'को सुटिङमा व्यस्त छन्। उनले आफ्नो सोही व्यस्ततालाई उल्लेख गर्दै ठट्यौली पारामा आफ्ना साथीलाई जवाफ दिएका हुन्।
'उनले मलाई अमीतजी के तपाईं मलाई बेवास्ता गरिरहनुभएको छ भनेर भने। साथी हुन उनी मेरा, सोचें उत्तर दिइहालूँ- तब मैले भनें भाइ १२-१५ घण्टा काम गरेपछि केबल घुर्ने(स्नोर) समय मिल्छ, 'इग्नोर' गर्ने होइन।', उनले ट्विटमा साथीलाई जवाफ दिएका छन्।
यसैगरी हालै उनले एक सेल्फी पोस्ट गरेका थिए जसमा उनले 'ल भाइ म हिँडे काममा, फंगोलिन मास्क लगाएर, १५ घण्टा काम गर्नुछ। मेरो काम यही हो' लेखेका थिए।