बलिउड अभिनेता आमिर खान आज बलिउडका एउटा बलिया स्तम्भ हुन्। उनका छोरा जुनैद खान आफ्नो बाबुको पदचिन्ह पछ्याउने तयारीमा छन्।
हालै उनी मल्यालम सिनेमा 'इश्क'को हिन्दी रिमेकबाट बलिउडमा डेब्यू हुने चर्चा चलेको थियो।
तर निरज पाण्डेको निर्माण गर्ने सिनेमाको अडिसनमा फेल भएका कारण उनले यो मौका गुमाएका छन्।
'जुनैद मलयालम सिनेमा 'इश्क'को हिन्दी रिमेकबाट डेब्यू गर्ने कुरामा कुनै सत्यता छैन। उनले सिनेमाका लागि अडिसन दिएका थिए तर उनले यो पाउनेछैनन्', सिनेमासँग निकट एक श्रोतले भन्यो।
हाल थिएटरमा काम गर्दै आइरहेका जुनैदले पछिल्लो समय थुप्रै सिनेमाका लागि अडिसन दिइरहेका छन्। छोराको बलिउड चाहानामा आमिरले छोराका लागि आफ्नो कुनै पनि प्रभावको प्रयोग गर्ने पक्षमा छैनन्।
एक टिभी सोमा काम गरिसकेका जुनैदले आमिर अभिनित 'पिके'मा निर्देशक सहायक भएर पनि काम गरेका छन्।
यस्तै आमिर हाल 'लाल सिंह चढ्डा'को काममा व्यस्त छन्।