बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा लागूपदार्थको कोण जोडिएपछि पक्राउ परेका अभिनेत्री रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्तीले जमानत पाएका छन्।
शौविकलाई मादक पदार्थ निषेध कानुन अन्तरगत काम गर्ने एनडीपीएस अदालतले पक्राउ परेको तीन महिनापछि जमानत दिएको हो।
भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी)ले पाँच सेप्टेम्बरमा उनलाई पक्राउ गरेको थियो।
सुशान्तको मृत्यु प्रकरणमा सिबिआई तथा एनसिबी दुबैले जाँच गरिरहेका छन्।
सिआईबीले सुरूमा सुशान्तको मृत्युको बारेमा जाँच गरेको थियो र सो क्रममा लागूपदार्थको कोण पनि भेट्टिएपछि एनसिबी पनि अनुसन्धानमा सामेल भएको थियो।
यसक्रममा एनसिबीबाट रिया पनि पक्राउ परेकी थिइन्। पक्राउ परेको एक महिनापछि बम्बे हाइकोर्टले उनलाई जमानत दिएको थियो।