बलिउड अभिनेत्री कृति सेननलाई कोरोना भाइरसको संक्रमण भएको छ।
बुधबार ट्विटरबाट उनले आफू संक्रमित भएको सार्वजनिक गरेकी हुन्।
'म सबैलाई यो बताउन चाउन्छु कि मेरो कोभिड-१९ परीक्षण पोजेटिभ आएको छ। यध्यपी यसमा चिन्ता गर्नुपर्ने केही कुरा छैन किनकी म बिएमसी र चिकित्सकको सल्लाह अनुसार क्वारेन्टिनमा छु', ट्विटरमा उनले लेखेकी छन्।
'यसबाट मुक्त भएपछि म पुनः काम सुरू गर्नेछु। त्यतिबेलासम्म म तपाईंहरूको धेरै शुभकामना पढ्नेछु र त्यसले काम गर्छ भन्ने मलाई लाग्छ। सबै सुरक्षित हौं। अझ पनि महारी गइसकेको छैन', उनले ट्विटमा थप भनेकी छन्।
कृति पछिल्लोपटक 'हाउसफुल ४'मा देखिएकी थिइन्।