पाकिस्तान सरकारले बलिउडका दिवंगत अभिनेता राज कपूर र दिलीप कुमारका पैतृक घरहरु संरक्षित गर्न पहल सुरु गरेको छ।
भारतीय अनलाइन जी न्युजका अनुसार, पाकिस्तानको खैबर पख्तुनख्वा सरकारले अभिनेताद्वय दिलीप कुमार र राज कपूरका पैतृक घरको मूल्य क्रमश भारु रुपैयाँ ८० लाख छपन्न हजार र १ करोड पचास लाख तोकेको छ।
प्रान्तीय सरकारले सेप्टेम्बरमा जीर्ण-शीर्ण अवस्थामा रहेका यी ऐतिहासिक भवन संरक्षणका लागि पैतृक घरहरु खरिद गर्ने निर्णय गरेको थियो। उत्तरी पाकिस्तानले यो सहरको प्रमुख इलाकाहरुमा रहेका दुई भवनलाई राष्ट्रिय सम्पत्ति घोषणा गरेको छ। भारत-पाकिस्तान विभाजनपूर्व यी दुई अभिनेताको बाल्यकाल यिनै घरमा भएको थियो।
पाकिस्तान, पेशावरका उपायुक्त मुहम्मद अली असगरले 'कम्युनिकेशन एन्ड वर्क्स डिपार्टमेन्ट' बाट सार्वजनिक गरेको प्रतिवेदनका आधारमा दिलीप कुमारको चार मारलामा बनेको घरको मूल्य लाख रुपैयाँ तोकेको छ। जब कि राज कपूर को छ मारलाको घरको मूल्य छ करोड़ रुपैयाँ निर्धारण गरिएको छ।
मारला पाकिस्तान, भारत र बंगलादेशमा जमीन नाप्ने परम्परागत मानक हो। एक मारला बराबर २७२.२५ वर्ग फिट वा २५.२९२९ वर्गमिटर बराबर मानिने समाचारमा जनाइएको छ।