बलिउड अभिनेता अनुपम खेरले आफ्नो जीवनको सबभन्दा नराम्रो 'डेट'को सम्झना गरेका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार अनुपमले पोडकास्टको एक श्रृंखलामा कसरी उनी डेटमा अपमानित भएका थिए र, त्यसपछि आएका ख्यालबारे खुलासा गरेका छन्।
अनुपमले ट्विटरमा आफ्नो नयाँ पोडकास्टको सानो क्लिप सार्वजनिक गरेका छन् जसमा उनले भनेका छन्, 'हामी त्यो ठाउँमा बसुन्जेल मलाई केही नराम्रो गर्नु थिएन। तर, त्यतिकैमा उनले मेरो टाउकोमा सुप खन्याइदिइन्। मेरो सर्टभरी सुपको ग्रेभी चुहिन थाल्यो। अनि टाउकोमा नुडल्स झुलिरह्यो।'
अनुपम डेटका लागि एक रेस्टुरेन्ट गएका थिए।
केटीले टाउकोबाट सुप खन्याइदिएपछि अनुपम केही बोल्न सकेनन्। न त कुनै प्रतिक्रिया जनाउन सके। उनले होस गुमाए। रेस्टुरेन्टबाट पैसा नतिरी निस्किए।
'परम्परागत भारतीय दुलहाले सेहरा लगाउको जस्तै देखेको थिए। सेहराले दुलाहाको शाही महिमा जोड्छ। तर त्यो बेला मेरो खाना मेरो टाउकोमा थियो। जसले मलाई अपमानित महसुस गरायो। म त्यहाँबाट चुपचाप उठेँ र रेस्टुरेन्टबाट हिडेँ। त्यो अवस्थामा मैले बिल तिर्न समेत बिर्सेछु,' उनले भनेका छन्।
कसैलाई माया गर्दा अपमान हुनुपर्ने महशुस गरेपछि अनुपमले भिक्षु हुनेसम्म सोचेछन्। पोडकास्टमा बोल्दै उनले थप भनेका छन्, 'घर फर्किँदै गर्दा कानभित्र सुप पसेको निकाल्दै हिँडे। अनि सोचे 'के यो प्रेमको अनुभूति हो?' त्यसपछि मैले त्यही गरेँ जुन कुरा कुनै एक अलमलमा परेको केटाले गर्छ। म भिक्षु बन्ने सोचेँ।'
अनुपमले पोडकास्टमा नयाँ श्रृंखलामा कसरी जीवनको सबैभन्दा खराब डेटको अनुभूति गरे र त्यसबाट पूर्ण रुपमा ठिक हुन आश्रम नै जानुपरेको खुलाएका छन्।
अहिले अनुपम 'द कस्मिरी फ्लाइज'को छायांकनमा व्यस्त छन्। विवेक अग्नीहोत्रीको यो फिल्ममा सन् १९८९ र १९९० ताकाको कस्मिरका पण्डितहरूको कथा देखाइने छ। 'द कस्मिरी फ्लाइज' अर्को वर्ष सार्वजनिक हुनेछ।