अभिनेत्री अनुष्का शर्मा यही जनवरीमा आमा बन्दैछिन्। भारतीय क्रिकेटर विराट कोहलीसँग वैवाहिक बन्धनमा बाँधिएका अनुष्काले गत अगस्टमा आफू आमा बन्न लागेको घोषणा गरेकी थिइन्।
बच्चालाई जन्म दिनुअघि अनुष्काले भोग म्यागजिनका लागि फोटोसुट गरेकी छन्। उनले भोगसँग आफ्नो 'प्रेगनेन्सी' बारे अनुभवसमेत साटेकी छन्। उक्त म्यागजिनले अनुष्काको तस्बिरलाई कभर आवरणमा प्रकाशित गरेको छ।
उक्त म्यागजिनअनुसार अनुष्काले आफ्नो बच्चालाई सामान्य जीवनयापन गराउने बताइन्। आफ्नो बच्चाले सबैको सम्मान गरोस् भन्ने उनको चाहना छ। आफ्नो आमाबुबासँग पनि आफूले यही संस्कार सिकेको भन्दै आफ्नो बच्चालाई पनि यही संस्कार दिने उनले बताएकी छन्।
हेर्नुस् केही तस्बिरहरु