महामारीका कारण सन् २०२० को फिल्म क्षेत्र अस्तव्यस्त रह्यो। धेरैको फिल्ममा अभिनय गर्ने सपना पूरा हुन पाएन। केही महिना यता भने फिल्म क्षेत्र बिस्तारै चलमलाउन थालेको छ। बलिउड फिल्मको छायांकन तथा प्रदर्शनी सुरु भएको छ।
नयाँ वर्षको आगमनसँगै बलिउडमा सन् २०२१ मा बलिउड प्रवेश गर्ने नयाँ अनुहारबारे चर्चा चल्न थालेको छ। हिन्दुस्तान टाइम्सले यो वर्ष बलिउड प्रवेश गर्ने केही चर्चित सेलिब्रेटीहरूको सूची नै तयार पारेको छ।
सो सूचीअनुसार २०२१ मा बलिउड प्रवेश गर्नेहरुको भीडमा कट्रिना कैफकी बहिनी इसाबेल कैफ, सुनिल सेट्टीका छोरा आहन सेट्टी, अनन्या पाण्डेका दाइ आहन पाण्डेलगायत चर्चामा छन्।
१. अजय नागर
अजय नागर युट्युब र अनलाइन क्षेत्रमा नाम कमाएका व्यक्ति हुन्। उनलाई धेरैले क्यारी मिनाटी नामबाट चिन्छन्। उनी अजय देवगन र अमिताभसँग फिल्म ‘मेडे’मा देखिने छन्। अजय देवगनद्वारा निर्देशित ‘मेडे’ सन् २०२१ अप्रिलमा सार्वजनिक हुँदैछ।
२. मानुषी छिल्लर
मिस वर्ल्ड, २०१७ को उपाधि जितेकी मानुषी छिल्लर चन्द्रप्रकाश धुवेदीद्वारा निर्देशित फिल्म ‘पृश्वीराज’बाट बलिउड प्रवेश गर्दैछिन्। चहमाना साम्राज्यका राजा पृश्वीराज चौहानको जीवनीमा आधारित फिल्म ‘पृश्वीराज’मा मानुषीसँगै अभिनेता अक्षय कुमारको मुख्य भूमिका रहनेछ। फिल्ममा मानुषी राजा पृथ्वीराजकी प्रेमिका संयोगिताको भूमिकामा देखिनेछिन्।
३. सालिनी पाण्डे
सालिनी पाण्डे तेलेगु फिल्म अभिनेत्री सालिनी बलिउड प्रवेश गर्दैछिन्। दिव्यान ठक्करको निर्देशनमा बन्ने ‘जयसभाइ जोरदार’मा अभिनेता रणवीर सिंहसँगै सालिनीको अभिनय देख्न पाइने भएको हो। सालिनीले सन् २०१७ मा तेलेगु फिल्म ‘अर्जुन रेड्डी’बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी हुन्। ‘अर्जुन रेड्डी’लाई सन्दीप रेड्डीले निर्देशन गरेका हुन्।
४. आहन सेट्टी
सुनिल सेट्टीका छोरा आहन सेट्टी पनि यस वर्ष सार्वजनिक हुने ‘तडप’ फिल्मबाट अभिनेत्री तारा सुल्तारियासँगै पर्दामा देखिनेछन्। मिलन लुध्रियाको निर्देशन रहेको 'तडप' सन् २०१८ मा सार्वजनिक तेलेगु फिल्म ‘आरएक्स १००’को रिमेक हो। यसको छायांकन अप्रिल २०१९ देखि सुरू भएको थियो।
५. लक्ष लाल्वानी
लक्ष लाल्वानी टेलिसिरियल ‘अधुरी कहानी’, ‘प्यार तुने क्या किया’, ‘परदेश मे हे मेरा दिल’ र ‘पोरल’मा अभिनय गरिसकेका सेलिब्रेटी लक्ष बलिउड प्रवेश गर्दैछन्। लक्ष फिल्म ‘दोस्ताना २’बाट बलिउड डेब्यु गर्दैछन्। फिल्ममा उनीसँगै कार्तिक आर्यान र जान्भी कपुरको पनि अभिनय रहेको छ।
६. इसाबेल कैफ
चर्चित अभिनेत्री कट्रिना कैफकी कान्छी बहिनी इसाबेल कैफले बलिउडमा डेब्यु गरेकी छिन्। सन् २०१४ मा इन्डो-क्यानडियन फिल्म ‘डा. क्याबी’मा अभिनय गरेदेखि इसाबेलले बलिउड प्रवेश गर्छिन् भन्ने अनुमान लगाइएको थियो। करण भुटानीको निर्देशन रहेको फिल्म ‘क्वाथा’ मा अभिनयसँगै अन्ततः इसाबेलले बलिउड प्रवेश गरेकी छिन्। फिल्ममा उनीसँगै कुनाल नेयार, विनय विर्मानी र आड्रियन प्यालिक्नीको अभिनय रहनेछ।
७. आहन पाण्डे
आहन पाण्डे बलिउड अभिनेत्री अनन्या पाण्डेको दाइ आहन पाण्डेले पनि यस वर्ष बलिउड डेब्यु गर्ने हल्ला छ। उनी शिव रावलद्वारा निर्देशित फिल्ममा अभिनेता अजय देवगनसँग सहकार्य गर्ने खबर बाहिरिएका छन्। फिल्मा आहन हिरोको भूमिकामा रहनेछन् भने अजय खलनायकको भूमिकामा रहनेछन्।
८. क्रिस्टल डि’सुजा
क्रिस्टल डि’ सुजा टेलिसिरियल ‘एक हजारो मे मेरी बेहेना हैं’, ‘एक नईं पहचान’ र ‘ब्रम्हास्त्र’बाट चर्चा कमाइरहेकी क्रिस्टल डि’सुजा अब बलिउड फिल्म ‘चेहरा’मा अभिनय गर्दैछिन्। रुमी जेफ्रीद्वारा निर्देशित फिल्ममा क्रिस्टलसँगै अमिताभ बच्चन, इमरान हाशमी र रिया चक्रावर्तीको मुख्य भूमिका छ।
९.सर्वरी
वेब सिरिज ‘द फर्गटन आर्मी – आजादीके लिए’की अभिनेत्री सर्वरीले बलिउड डेब्यु गर्दैछिन्। वरुण शर्माको निर्देशन रहेको फिल्म ‘बन्टी ओर बब्ली २’मा सर्वरीसँगै सिद्धान्त चतुर्वेदी, रानी मुखर्जी र सैफ अली खानको मुख्य भूमिकामा देखिनेछन्।
१०. रश्मीका मन्दना
रश्मीका मन्दना तेलेगु, कन्नदा र तमिल फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री रश्मीका मन्दना अब बलिउड प्रवेश गर्दैछिन्। रश्मीका फिल्म ‘मिसन मन्जु’मा अभिनय गर्दैछिन्। यसमा रश्मीसँगै सिद्धार्थ मल्होत्रा मुख्य भूमिकामा देखा पर्नेछन्।