बलिउड अभिनेत्री करिना कपुरले गर्भवती अवस्थामा विभिन्न योग आसन र पोजमा फोटो खिचेर सार्वजनिक गरेकी छन्। बलिउड हंगामा अनुसार, हालैमात्र उनले एक लुगाको ब्रान्डका लागि फोटोसुट गरेकी छन्। इन्स्टाग्राममा फोटोसुटको भिडिओ र फोटो सेयर गर्दै करिनाले लेखेकी छन्, ‘थोरै योग। थोरै शान्ति।’
उनले त्यसबाहेक 'स्ट्रेच' गरिरहेका तस्बिरहरु पनि सार्वजनिक गरेकी छन्। बलिउड अभिनेत्रीमध्ये यसो गर्ने उनी सम्भवत: पहिलो अभिनेत्री हुन्। यसरी उनले गर्भवती महिलाहरूलाई आफ्नो ख्याल गर्न, आफ्नो सौन्दर्य र आफ्नो शरीरलाई जस्तो अवस्थामा पनि स्वीकार्न प्रेरणा दिइरहेको छ।
महिलाको सौन्दर्य शारीरिक बनाैट र आकारले मापन गर्ने सयममा करिनाले गर्भावस्था सम्बन्धी गलत बुझाइहरू अस्वीकार गरेकी छन्। गर्भवती हुँदाको शरीरलाई आत्मसात गर्नुपर्ने विषयमा जोड दिएकी छन्।
करिना फेसन र पहिरनका कारण चर्चा कमाउने अभिनेत्रीमध्ये पर्छिन्। गर्भावस्थामा समेत उनले फेसेनेबल लुगा लगाउन छाडिनन्। इन्स्टाग्राममा हेर्ने हो भने उनले गर्भवती भएपछि समेत डिजाइनर तथा फेसनमा भएका लुगा लगाएको देख्न सकिन्छ। उनका अनुसार कस्तो लुगा लगाउने भन्ने व्यक्तिगत रोजाइको कुरा हो।
उनले यही फेब्रुअरीमा नयाँ बच्चा जन्म दिने बताइएको छ। आमा बन्ने मिति नजिकिँदै गर्दा गर्भवती अवस्थामा पनि उनले काममा निरन्तरता दिएकी छिन्।
यसैबीच करिना र उनका श्रीमान अभिनेता सैफ अली खानले आफ्नो हुनेवाला बच्चाको गोपनीयता विषयमा पनि बोलेका छन्। उनीहरूले आउँदो बच्चाको गोपनीयता ख्याल राख्ने बताएको बलिउड हंगामाले जनाएको छ।
करिना र सैफको पहिलो सन्तान, तैमूर अली खान बलिउड कलाकारमध्येकै चर्चित सन्तान हुन्। उनी अहिले जम्मा ४ वर्षका भए तर तैमूर जन्मेदेखि उनले निकै फ्यान फलोअर्स कमाए। दोस्रो बच्चाको मामलामा भने करिना र सैफले बच्चाको गोपनीयताको ख्याल राख्ने बताएका हुन्।
केही समयअघि मात्र अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली अभिभावक बने। उनीहरूले अहिलेसम्म आफ्नो बच्चाको फोटो सार्वजनिक गरेका छैनन्। उनीहरूलाई भेट्न पुग्ने आफन्तहरूलाई पनि यसो गर्नबाट रोकेका छन्।
करिना र सैफले पनि विराट र अनुष्काले सुरु गरेको यो अनुशासन पालना गर्ने सम्भावना देखिएको छ।
गर्भवती अवस्थामा विभिन्न आसनमा करिनाः