बलिउड अभिनेता सञ्जय दत्तले पत्नी मान्यतालाई १०० करोड भारू बराबरको उपहार दिएका थिए। तर मान्यताले उक्त उपहार फिर्ता गरेकी छन्।
सञ्जयले मान्यतालाई मुम्बई सहर केन्द्रभन्दा परका चार वटा फ्ल्याट उपहार दिएका थिए। तर एक साता नबित्दै मान्यताले सञ्जयको उपहार फिर्ता गरेको बलिउड हंगामाले लेखेको छ।
सञ्जयले मान्यतालाई दिएका फ्ल्याटहरू भएको दुई अपार्टमेन्ट पाली हिलको इम्पेरियल भवन, बान्द्रामा पर्छ जहाँ धनी सेलेब्रेटीहरू बस्छन्।
सरकारी मूल्यांकनमा २६ करोड भारू जति देखाइए पनि उक्त फ्ल्याटका बजार भाउ भारू सय करोड नाघ्ने खबरमा जनाइएको छ। दत्तले गत वर्षको डिसेम्बर २३ मै ती फ्ल्याट मान्यतालाई उपहार दिएका थिए र मान्यताले डिसेम्बर २९ मा सो उपहार फिर्ता गरेकी थिइन्।
परिवारका सदस्यलाई उपहार दिनु ठूलो कुरा होइन। तर सञ्जयले मान्यतालाई चार-चार वटा फ्ल्याट उपहार कर कम गर्न दिएको हुन सक्ने अनुमान विज्ञहरूको छ।