बलिउड अभिनेता रणवीर कपुर र निर्देशक संजय लीला भंसालीलाई कोरोना संक्रमण भएपछि 'गंगुबाई काठियावाडी'को छायांकन हाल रोकिएको छ।
निर्देशक भंसालीले निर्देशन गरेको 'गंगुबाई काठियावाडी' मा रणवीर मुख्य भूमिकामा छन्। निर्देशक र अभिनेता दुबै यतिबेला सेल्फ आइसोलेसनमा छन्।
बलिउड हंगामाका अनुसार संजय र रणवीरसँगै फिल्मकी अभिनेत्री आलिया भट्ट पनि सतर्कताका लागि घरमै क्वारेन्टाइन बसेकी छन्। उनको कोरोना परीक्षण भने नेगेटिभ देखिएको छ।
आलियाले फिल्म 'ब्रह्मास्त्र' र 'गंगुबाई काठियावाडी'मा रणवीर र संजयसँग काम गरिरहेकी छन्।