भारतको ६७ औं 'नेसनल फिल्म अवार्ड'मा कंगना रनावत, मनोज बाजपेयी र धनुषले उत्कृष्ट अभिनयका लागि अवार्ड जितेका छन्।
कंगनालाई उनको फिल्म 'मणिकर्णिका: द क्वीन अफ झांसी' र 'पंगा'का लागि पुरस्कृत गरिएको हो। गत जनवरीमा, कंगनाले उनको ट्विटरमा 'मणिकर्णिका'ले २ वर्ष मनाएको खुसी साटेकी थिइन्। उनी फिल्मकी नायिका र सह-निर्देशक पनि हुन्।
अभिनेता मनोज बाजपेयी 'भोसले' र धनुषलाई 'असुरन'का लागि पुरस्कार दिइएको डिएनए इन्टरटेनमेन्टले छापेको छ।
वर्षको उत्कृष्ट हिन्दी फिल्म शुसान्त सिहं राजपूत अभिनित नितेश तिवारीको निर्देशनमा बनेको 'छिचोरे'ले जितेको छ भने 'असुरन'ले तमिल र 'जर्सी'ले उत्कृष्ट तेलुगू भाषाको फिल्म अवार्ड जितेको छ। 'मराक्कर: लायन अफ द अरबियन'लाई उत्कृष्ट मलयालम फिल्म घोषणा गरिएको छ।