बलिउडका अभिनेता आमिर खानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
उनका प्रवक्ताले बुधबार विज्ञप्ति जारी गर्दै संक्रमण पुष्टि भएको जानकारी दिएको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ।
आमिर खान अहिले होम आइसोलेसनमा छन्।
'आमिर खानमा कोभिड-१९को संक्रमण पुष्टि भएको छ। उनी घरमै सबै प्रोटोकलहरू मानेर सेल्फ आइसोलेसनमा छन् र उनी ठिकै छन्,' प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
त्यस्तै, उनको सम्पर्कमा आएकाहरू सबैले स्वास्थ्य परीक्षण गर्न समेत अनुरोध गरेको छ।