अभिनेत्री सारा अली खानले बुबा सैफ अली खानमा समर्पित गर्दै इन्स्टाग्राममा रमाइलो तस्बिर पोस्ट गरेकी छन्। उनले सेयर गरेको तस्बिरमा उनी एउटा चिया पसल अगाडि उभिएकी छन्। तस्बिरको पृष्टभूमिमा लेखिएको छ, 'सैफ चायवाला'।
आफ्नो बुवाको नामको चिया पसलमा अगाडि खिचेको पसलमा उनी सलवार सुटमा देखिएकी छन्। बुवाको नामको चिया पसल भेटाउँदा रमाउने उनको यो तस्बिरमा लेखिएको क्याप्सनले सैफप्रति उनको माया पनि झल्काएको छ।
उनले लेखेकी छन्, 'आइ लभ माइ ड्याड'।
'सैफ चायावाला' अघि साराले खिचेको तस्बिर र उनको क्याप्सनले धेरैको ध्यान तानिरहेको छ। सारा सैफकी पूर्वपत्नी अभिनेत्री अमृता सिंहकी छोरी हुन्।
पछि अभिनेत्री करिना कपुरसँग दोस्रो बिहे गरेका सैफ र करिनाका दुई सन्तान छन्। साराले हालै निर्देशक आनन्द एल राईको 'अतरंगी रे' छायांकन सकिएको छ। फिल्ममा सारासँगै धनुष र अक्षय कुमार मुख्य भूमिकामा छन्।