बलिउड अभिनेत्री मुग्धा गोडसे र अभिनेता राहुल देव विगत सात वर्षभन्दा लामो समयदेखि 'लिभ-इन रिलेसनसिप'मा छन्। विवाह नगरी सँगै बस्ने सम्बन्धमा सन्तुष्ट यो जोडी आफू खुसी भए पनि उनीहरुको सम्बन्धलाई लिएर मानिसहरुले सोधिरहने प्रश्नबाट उम्किन भने सकेको छैन।
द हिन्दुस्तान टाइम्सका अनुसार मुग्धा आफू र राहुलबीचको सम्बन्धबारे उनले निरन्तर प्रश्नको सामना गर्नु पर्छ। आफ्नो यात्रा, करिअर र निजी जीवनबारे खुलेर बोल्न रुचाउने मुग्धाले आफ्नो लिभ-इन सम्बन्धबारे पनि सार्वजनिक रुपमा बोलेकी हुन्।
'उनीहरु सोधिरहेका हुन्छन्- के हुँदैछ? तपाईं कहिले विवाह गर्दै हुनुहुन्छ?,’ उनले भनिन्, 'म मानिसहरूलाई भन्छु हामी एकअर्कासँग बसेर धेरै खुसी छौं। हाम्रो सम्बन्धलाई विवाहको लेबल लगाइरहेका छैनौं। धेरै कुरा भइरहेको छ, हामी सँगै धेरै काम गरिरहेका छौं। मुख्य कुरा खुसी हुनु हो, हामी खुसी छौं।'
उनले यस्ता प्रश्नले राहुल र आफ्नो सम्बन्ध अझ सहज बनाउने पनि बताइन्।
उनले आफूहरुले बिहे गर्नु हुँदैन भनेर नसोचेको बताउँदै भनिन्, 'यो एक सुन्दर संस्था हो, र मैले भनेजस्तै हामी महसुस गर्दछौं। हामी यो लिभ-इन रिलेसनसिपमा खुशी छौं, यो राम्रो हुँदैछ।'
हालै एक रियलिटी शोमा जज बनेका अभिनेता राहुलले बिहे गरेको कागजको एउटा टुक्राले सम्बन्धमा कुनै फरक नपार्ने बताए।
मुग्धा र राहुल दुबै व्यस्त कलाकार हुन्। काममा व्यस्त हुँदा एकअर्कालाई समय दिन गाह्रो भए पनि महामारीले यसका लागि पर्याप्त समय दिएको उनीहरुले बताएका छन्।
'कोभिडका कारण हामीले धेरै समय सँगै बितायौं, यो राम्रो अनुभव रह्यो। बाहिरको स्थिति निकै खराब थियो तर हामीले सकेसम्म राम्ररी समय काट्ने प्रयास गर्यौं,' मुग्धाले भन्छिन्, 'यद्यपि राहुल महामारी छायांकनका क्रममा काममा कहिले घर त कहिले बाहिर थिए। तर हामीले पर्याप्त समय बितायौं। त्यस्ता दिनहरु पनि छन् जब हामी समय निकाल्छौं र उनी र म सँगै यात्रा गर्छौं। एउटै क्षेत्रमा काम गर्ने भएकोले हामीलाई एकअर्काका लागि कसरी समय निकाल्ने थाहा छ,' अभिनेता राहुल भन्छन्।
एएलटी बालाजीको 'हु इज योर ड्याडी?' राहुलले अभनिय गरेको पछिल्लो वेब सिरिज हो। सन् २००८ को मधुर भण्डारकर निर्देशित हिट फिल्म 'फेसन'बाट चिनिएकी ३४ वर्षीय अभिनेत्री मुग्धा पछिल्लो पटक 'फौजी कलिङ'मा देखिएकी थिइन्।