अभिनेता तथा निर्माता अजय देवगनले बेलायती शृंखला 'लुथर'को रिमेकबाट वेब सिरिजमा डेब्यू गर्दैछन्। 'रुद्र: द एज अफ डार्कनेस' नाम रहने यो वेब सिरिजमा अजयले काम गर्ने खबर मंगलबार घोषणा भएको हो। स्क्रोल डट इनका अनुसार एप्लाउज इन्टरटेनमेन्ट र बीबीसी स्टुडियोज इन्डियाको सह-निर्माणमा सार्वजनिक हुने 'रुद्र: द एज अफ डार्कनेस' पछिल्लो शृंखला हो। रुद्र आगामी केही महिनामा डिज्नी हटस्टारमा प्रसारित हुनेछ।
साइकोलोजिकल क्राइम थ्रिलर 'लुथर'मा अजय इद्रिस एल्बा पात्रको भूमिकामा देखिनेछन्। एल्बा लन्डनको पुलिस अफिसर हो जो खतरनाक अपराध अनुसन्धान संलग्न हुन्छ। ५ भागको श्रृंखला भारतमा अमेजन प्राइम भिडियोमा उपलब्ध हुनेछ। लुथर यसअघि रूसी, कोरियाली र फ्रेन्च भाषामा रिमेक भइसकेको छ।
प्रेस विज्ञप्तिमा अभिनेता अजयले भने, 'पर्दामा प्रहरीको भूमिकामा देखिनु मेरा लागि नयाँ हाेइन, तर यस पटकको चरित्र अझै गहन, जटिल र डार्क छ। मलाई यो पात्रको व्यक्तित्वले सबैभन्दा आकर्षित गरेको कुरा के भने तपाईंले हालसालै भेटेकामध्ये फरक पात्र हो।'