मोडल तथा अभिनेत्री झटालेखा मल्होत्रा आफ्नो पहिलो फिल्म 'ट्युस्डेज एन्ड फ्राइडेज' बाट चर्चामा छिन्। संजयलीला भंसाली प्रोडक्सनबाट तरणवीर सिहंको निर्देशनमा बनेको उनको फिल्म नेटफ्लिक्स इन्डियाबाट गत फेब्रुअरी १९ मा सार्वजनिक भएको हो। उनी सन् २०१४ को 'फेमिना मिस इन्डिया' की रनर अप हुन्।
बलिउड हंगामाका अनुसार झटालेखालाई धेरै मात्रामा महिला प्रशंसकहरुबाट सामाजिक सञ्जालमा सियाबारे प्रतिक्रिया आइरहेका छन्। यसले आफूलाई उत्साहित बनाएको भन्दै उनले सार्वजनिक रुपमा धन्यवाद भन्दै प्रतिक्रिया समेत दिएकी छन्। उनको फिल्म नेटफ्लिक्स इन्डियाको झटालेखा ट्रेन्डिङमा आएपछि उनले आफ्नो फिल्म र आफूलाई आएका प्रतिक्रियाबारे सार्वजनिक प्रतिक्रिया दिएकी छन्।
लन्डन र मुम्बईमा खिचिएको अभिनेत्री पूनम ढिल्लोका छोरा अनमोल ढिल्लोसँग अपोजिट भूमिकामा छिन्।
'ट्युस्डेज एन्ड फ्राइडेज'' वर्तमान समयमा बदलिँदो मानव सम्बन्धका आयामहरुलाई सूक्ष्म रुपमा देखाइएको फिल्म हो। फिल्ममा उनी सिया पात्रको भूमिकामा छिन्। सियाका आमा बुवाबीच तलाक भएपछि उनकी आमा (निक्की वालिया) दोस्रो विवाह गर्ने तयारीमा हुन्छन्। अर्कोतिर फिल्मका मुख्य अभिनेता अनमोलका बुवाले उनलाई सानैमा छोडेर गएका हुन्छन्। यी पात्रले सम्बन्धलाई हेर्ने बुझ्ने दृष्टिकोण फरक हुन्छ।
'पहिलो फिल्मबाटै यतिधेरै सकारात्मक प्रतिक्रिया पाउनु एकदमै न्यानो र अविश्वसनीय कुरा हो। म अत्यन्तै खुसी छु। सियाको माध्यमबाट यति धेरै उमेरका युवती, आमा बनिसकेका र सबै उमेरका महिलासँग जोडिन पाएको छु,' उनले लेखेकी छन्, 'उहाँहरुसँग आत्मसम्मान, आर्थिक स्वतन्त्रता, सम्बन्धको महत्वबारे कुरा गर्न पाएको छु। मलाई आएका सन्देशहरुले हर्षित बनाएको छ र म हाम्रो फिल्म निर्माणमा योगदान गर्ने सम्पूर्णप्रति आभारी छु किनकी यो फिल्म समूहको प्रयासबाट राम्रो भएको हो।'
उनले थप लेखेकी छन्, 'हामीसँग भएको समय दिँदै म सबैलाई सुरक्षित रहन, घरमै बस्न र ओटिटी वा अन्य माध्यमबाट आफूलाई मनपर्ने सामग्री हेर्न आग्रह गर्छु। यदि सिनेमाले महामारीको यस्तो समयमा परिवारभित्र सानै भए पनि खुसी ल्याउन सक्छ, भने यो मेरो लागि ठूलो आशिष हो।'