‘कुछ कुछ होता है’, ‘दिलवाले दुल्हनिया ले जाएगेँ’, माइ नेम इज खानजस्ता सुपरहिट फिल्ममा देखिएको साहरुख खान र काजोलको जोडी फेरि एक पटक पर्दामा देखिने भएको छ।
यो जोडीले राजकुमार हिरानीले बनाउने फिल्ममा काम गर्ने भएका हुन् ।
भारतीय मिडियाका अनुसार यो फिल्म सामाजिक विषयमा आधारित फिल्म हो। लामो समयपछि साहरुखले आफूले राजकुमार हिरानीको फिल्ममा काम गर्ने सहमति जनाएका हुन्। यसअघि उनले लामो समयसम्म फिल्ममा काम गरेका थिएनन् ।
साहरुखले यो फिल्मका लागि सम्झौता गरिसकेको भारतीय मिडियामा उल्लेख गरिएको छ। फिल्मको सुटिङ आगामी अप्रिल २०२२ बाट सुरु हुने भएको छ।