भारतकी सदाबहार गायिका लता मंगेशकर आज ९२ वर्ष पुगेकी छन्। तर गायिका लता जन्मदिन मनाउने 'मुड'मा भने छैनन्।
बलिउड हंगामाका अनुसार उनले कोरोना महामारीका कारण जन्मदिन मनाउने माहोल नरेहको बताएकी हुन्। 'प्यान्डेमिक सुरु भएको एक वर्षभन्दा बढी भयो। कोरोना भाइरस फैलिएपछिको यो मेरो दोस्रो जन्मदिन हो। अहिलेको परिस्थितमा सबैभन्दा ठूलो उपहार भनेकै मसँग मेरो परिवार र मलाई माया गर्नेहरु साथ छन्।'
भनेकी छन्,' उनले भनेकी छन्, 'यो बेला कति मानिसले आफ्नो अभिभावक र सन्तानले एकअर्काको मुख देख्न पाएका छैनन्। यस्तो समयमा कसले केक काट्ने र मैनबत्ती बाल्नेबारे कसले सोच्न सक्छ?'
यस वर्षको जन्मदिनमा गायिका लताको कामना छ, 'म चाहन्छु हाम्रो जीवनबाट कोरोना भागोस्। सायद अब यसले कसैको ज्यान लिने छैन। तर बारम्बार यसले निम्त्याएको संकटका झट्काले धेरैलाई डिप्रेसनमा धकेल्दै छ। विगत डेढ बर्षले हाम्रो जीवनलाई पूरै परिवर्तन गरेको छ। हाम्रो स्वास्थ्य र हाम्रा प्रियजनहरुलाई हलुका रुपमा नलिम्। हाम्रो जीवनमा महत्व राख्नेहरु हरेक क्षण अनमोल छ।'
भारतकै सर्वोच्च गायिकाको उपमा पाएकी लताले आफ्नो जन्मदिनमा आफू परिवारसँग हुन पाउँदा आफ्नो भाग्यप्रति कृतज्ञ रहेको बताउँछिन्। 'मेरा भाइ, मेरी बहिनी र बहिनी ज्वाइँ सबै मसँग छन्। मलाई लाग्छ कि म धेरै भाग्यशाली छु। म चाहन्छु कि मेरा सबै प्रशंसक र शुभचिन्तकहरु मलाई माया गरिरहनु होस्। यो उहाँहरुको शुभ कामना हो जसले मलाई यति लामो सक्रिय राखेको छ।'
सन् १९४० को दशकदेखि पार्श्व गायन सुरु गरेकी लताले हजारौं गीतमा आफ्नो सुमधुर आवाज दिएकी छन्। उनले भारतका सबैजसो स्थापित संगीतकार, गीतकारसँग काम गरेकी छन् भने फरक पुस्तका चर्चित अभिनेत्रीहरुका लागि आफ्नो स्वर दिएकी छन्।
एक दर्जनभन्दा बढी भाषामा गीत गाएकी गायिका लताले हेमन्त कुमारको संगीत र मविवि शाहको शब्दमा 'आकाशमा तिरमिरे तारा', शिखर सन्तोषको संगीत र आनन्द अधिकारी शब्दमा गायक रामकृष्ण ढकालसँग 'बाँचुन्जेलीलाई' जस्ता गीतसमेत गाएकी छन्।